दफा ४८
विवरण सार्वजनिक गर्नुपर्ने
: (१)विभागले समयसमयमा इजाजतपत्रवालाको नाम, ठेगाना, टेलिफोन नम्बर, वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक नियुक्ति गरेको वा शाखा खोलेको भए त्यसको विवरण र इजाजतपत्रको अवधि समेतको विवरण अद्यावधिक गरी कम्तीमा
राष्ट्रियस्तरको दैनिक पत्रिका वा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नु पर्नेछ ।
(२)उपदफा (१) बमोजिम विवरण सार्वजनिक गर्दा कुनै इजाजतपत्रवाला उपर यस ऐन बमोजिमको कसूरमा अनुसन्धान वा कारबाही भइरहेको वा कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द गरिएको भए त्यस्तो व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।